२०८१ बैशाख ८ गते शनिवार

शेयर बजार साढे १५ अङ्कले घट्यो, १ अर्ब ४९ करोड रुपैयाँको कारोबार

काठमाण्डौ,मंसिर १२ । हिजो आइतवार साढे ३२ अङ्कले बढेको शेयर बजार आज सोमवार भने घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय ५० दशमलव ३७ विन्दुमा झरेको छ ।

म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजारसँगै आज कारोबार रकम पनि घटेको छ ।

आज दुई सय ३६ वटा कम्पनीको ३७ लाख ६१ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सिनर्जी पावर कम्पनी र ओरियन्टल होटलको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि खप्तड लघुवित्तको शेयर आठ प्रतिशत तथा नेपाल आयल ल्युब लिमिडेट र गरिमा डिबेन्चर फन्ड २०८५ को शेयर छ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *