२०८० मङ्सिर २१ गते बिहिवार

शेयर बजारको वृद्धि एक दिन पनि टिकेन, साढे ६ अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

काठमाण्डौ ,कात्तिक २९ । पाँच दिनपछि हिजो सोमवार एक दिन बढेको शेयर बजार आज मङ्गलवार फेरि घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५९ अङ्कले घटेर एक हजार आठ सय ९७ दशमलव ८६ विन्दुमा झरेको छ ।

बैंक र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २९ वटा कम्पनीको २७ लाख ४५ हजार कित्ता शेयर एक अर्ब दुई करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सी र सिकलेस हाइड्रोको शेयर साढे आठ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड–१ को शेयर साढे चार प्रतिशत र पञ्चकन्यामाई हाइड्रोको शेयर तीन प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *