काठमाडौं,कात्तिक २५ । सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ ।
बिहीबार ९५ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९४ हजार नौ सय प्रतितोलामा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
