काठमाण्डौ ,कात्तिक १६ । सुनचाँदीको भाउ आज पनि बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदी तोलामा एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार
