२०८२ मङ्सिर २४ गते बुधवार

५६ अङ्कले बढेको शेयर बजारमा हरियाली,कारोबार रकममा पनि सुधार

काठमाण्डौ,कात्तिक १५ । शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । हिजो सोमवार १६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ११ अङ्कले बढेर एक हजार नौ सय ३० दशमलव ९९ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा जलविद्युत्, विकास बैंक, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजारसँगै कारोबार रकममा पनि सुधार भएको छ । दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज न्यादी हाइड्रोको शेयर १० प्रतिशतले, युनिभर्सल पावर कम्पनीको नौ प्रतिशत तथा अरू ६ वटा कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढेर हरियो भए पनि एनसीसी डिबेन्चर २०८६ र सिटिजन्स म्युचल फन्डको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *