२०७७ मङ्सिर ११ गते बिहिवार

बङगुर ब्यसायबाट राम्रो आम्दानी

शिवु खनाल,
देउखुरी, फागुन १९। होटलहरुमा फालिएको खानालाई बङगुर व्यवसायीले दानाको रुपमा प्रयोग गर्दै आइरहेका छन् । यसबाट होटल व्यवसायी र बङगुर ब्यवसायीलाई पनि फाइदा पुगेको छ । जसले गर्दा होटलमा खेरजाने फोहोर बस्तुलाई किनारा लगाउन सहज भएको छ भने बङ्गुर व्यवसायी लाई पनि दाना खरिद गर्नुपर्ने रकम बचत भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्ठी निवासी हेमलाल सार्कीले भालुवाङ बजार, सशस्त्र प्रहरी क्याम्पबाट मात्रै दैनिक पाँच क्विन्टल फालिएको खाना दानाको लागि संकलन गर्दै आएका छन । १० बर्ष देखि बङ्गुर पालन व्यवसाय सञ्चालन गरेका सार्कीले विभिन्न जातका गरि ६५ वटा बङ्गुर पालेका छन।

बिदेश गएर राम्रो कमाइ नभएपछि बङगुर पालनमा लाग्नु भएका सार्कीको बङ्गुर फर्ममा अवलोकन गर्न विभिन्न स्थानबाट व्यसायीहरु आउने गरेका छन् । आफ्नो तीनपुस्ता सम्मको परिवारको नाममा कुनैपनि जग्गा नभएको बताउने सार्कीले बङ्गरपालनबाट चारकोठाको पक्की घर बनाएका छन,छोराछोरीलाई राम्रो विद्यालयमा पढाएका छन ।

हाम्रो तीनपुस्ताको नाममा जग्गा छैन,ऋण लिएर व्यवसाय शुरु गर्दै जाँदा यो अवस्था सम्म आउन सकेँ, सार्कीले भने । बजारको होटलबाट दाना ल्याउँदा दानाको लागि खर्च गर्नुपर्ने रकम बचत भएको उनले बताए । बार्षिक १२ लाख भन्दा बढीको कारोबार गरेको बताउने सार्कीले अहिले सम्म खोर सुधारको लागि २० हजार,समूह मार्फत दुइ लाख, फ्रेस हाउस व्यवस्थापनको लागि ५० हजार र यसबर्ष प्रदेश सरकारबाट कृषि अनुदान कोष मार्फत १० लाख रुपैयाँ अनुदान पाएका छन । यसबर्ष पाएको अनुदानबाट आधुनिक खोर बनाउने र व्यवसायलाई वृद्धि गर्ने योजना रहेको बताए ।

यस्तै लमही नगरपालिका वडानम्बर ६ का मनीराम थापाले पनि ३० वटा बङ्गुर पालेका छन । दुइवटा बाट शुरु गर्नुभएका उनले बङ्गुरका पाठापाठी बिक्री गरेर मात्रै बार्षिक छ लाख सम्म आम्दानी गर्दै आएका छन । उनले पनि लमही बजार र नेपाली सेना, सशस्त्र प्रहरी क्याम्पको फालिएको खानालाई बङ्गुरको दानाको रुपमा प्रयोग गर्दै आएका छन ।

लमहीका २५ वटा होटलबाट मात्रै दैनिक चार क्विन्टल दाना संकलन गर्ने गरेको उनले बताए । प्रति पाठा चारहजारमा बिक्री हुने बङगुर व्यवसायबाट आफु सन्तुष्ट रहेको उनले बताए । बजारमा संकलन गरेको दानाबाट ५० प्रतिसत दानामा खर्च गर्नुपर्ने रकम बचत हुने गरेको थापाले जानकारी दिए । उनले पनि नेपाल सरकारबाट गोठ सुधारको लागि ५० हजार अनुदान पाएका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *