काठमाण्डौ ,असोज ११ । सुनचाँदीको भाउ आज पनि घटेको छ ।
आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार