२०८१ चैत्र ३ गते आइतवार

नयाँ वर्षको पहिलो कारोबारमै शेयर बजार २९ अङ्कले घटेर राताम्मे

काठमाण्डौ,बैशाख ४ । नेपाली नयाँ वर्ष २०७९ सालको पहिलो दिनको कारोबारमै शेयर बजार ओरालो लागेको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार २९ दशमलव ६ अङ्कले घटेर दुई हजार ३ सय ८५ दशमलव ६४ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, जलविद्युत्, होटल, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दोहोरो अङ्कले बजार घटेको दिन दुई सय ३३ कम्पनीका ३४ लाख सात हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएका‍े छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ४९ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *