२०८१ साउन ५ गते शनिवार

डीडीसी र निजी क्षेत्रले निर्धारण गरे दूधको छुट्टाछ्ट्टै मूल्य

काठमाण्डौ,फागुन ५ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्धारण गरेको दूधको मूल्य निजी डेरीले अस्वीकार गरेपछि मन्त्रालयले सो समस्यालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतिर पन्छाएको छ ।

मन्त्रिपरिषद्ले किसानका लागि प्रतिलिटर ६.५५ रुपियाँ वृद्धि गरी दूधको मूल्य ५६.४० रुपियाँ निर्धारण गरेको थियो भने कृषि मन्त्रालयअन्तर्गत रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोक्ताका लागि प्रतिलिटर नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण गरेको थियो ।

डीडीसीले दूधको मूल्य निर्धारण गरेपछि निजी क्षेत्रले पनि त्यसैलाई मान्यता दिने चलन थियो तर यस पटक निजी क्षेत्रले त्यसलाई अस्वीकार गरेको छ । निजी क्षेत्रले प्रतिलिटर १० रुपियाँ वृद्धि गरी आफ्नो दूधको मूल्य ८६ रुपियाँ निर्धारण गरेपछि कृषि मन्त्रालयले अहिले आएर मूल्य निर्धारण गर्ने कार्य आफ्नो मातहतको नरहेको बताउन थालेको छ ।

कृषि मन्त्रालयका पशुपन्छीतर्फका वरिष्ठ अधिकृत डा। नवीन घिमिरेले दूधको मूल्य आफूहरूले किसानका लागि मात्र निर्धारण गरेको,त्यसलाई निजी क्षेत्रले मान्ने कि नमान्ने आफूहरूको सरोकारको विषय नरहेको बताए ।

उनले डेरी उद्योग उद्योग मन्त्रालयअन्तर्गत भएकाले त्यो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको क्षेत्र भएको बताए । डीडीसीका महाप्रबन्धक रुद्र पौडेलले आफूहरूले निर्धारण गरेको दूधको मूल्य निजीले स्वीकार नगरेको जानकारी दिए ।

कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्ड र डीडीसीले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रतिवेदन सरकारलाई दिएको छ तर सरकारले प्रतिलिटर नौ रुपियाँ मात्र निर्धारण गरेको बताए । बोर्डले दूधको मूल्य निर्धारण गर्नका लागि गठन गरिएको कार्यदलमा मन्त्रालयका प्रतिनिधि पनि थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *