२०८३ भाद्र ११ गते बिहिवार

सुनको भाउ आज १६ सय रुपैयाँले घट्यो

काठमाडौं, फागुन ४ । लगातार बढेर तोलामा ९६ हजार सात सय रुपैयाँमा पुगेको सुनको भाउ आज भने घटेको छ ।

आज तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा झरेको छ ।

हिजो तोलामा १२ सय र गएको आइतबार १५ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

हिजो तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *