२०८३ जेष्ठ ३० गते शनिवार

मेला महोत्सव सञ्चालन कार्यविधि तयार हुँदैछ – अध्यक्ष चालिसे


पुष १ । तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायी समितिको शनिबार प्रथम साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले पछिल्लो समय प्रविधियुक्त भएकाले सबैलाई प्रविधिको सही सदुपयोग गर्न आग्रह गरे ।

उनले संघ व्यवसायीको हितमा काम गर्ने संस्था भएको र आफूहरू सधैँ तयार रहेको समेत बताए । उनले व्यवसायीहरूको विरोधका बीच मेला महोत्सव सञ्चालन नगर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उनले आगामी वर्षका लागि मेला महोत्सव सञ्चालन कार्यविधि तयार पारी लागू गर्ने विषयमा स्थानीय सरकारसँग छलफल भइरहेको समेत बताए ।

कार्यक्रममा विशिष्ट अतिथि वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाह, महासचिव विनिल केसी, सदस्य दीपेश भण्डारी, तुलसीपुर नगर जेसिजका निवर्तमान अध्यक्ष मेघराज घिमिरे, समितिका निवर्तमान अध्यक्ष दुर्गा भुसाल, सल्लाहकार विमल पौडेल लगायतले मन्तव्य राखेका थिए ।

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायी समितिका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका उपाध्यक्ष चेतन कँडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजिकरण समितिका सदस्य नवीन वली गरेका थिए । त्यस्तै समितिमा रिक्त रहेको महासचिव पदमा सुशान्त सापकोटा र किशोर वलीलाई सल्लाहकारमा चयन गरिएको छ ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *