२०८३ असार २८ गते आइतवार

सँधै व्यवसायीहरूको हकहितको लागि पर्ने छु : अध्यक्ष चालिसे


तुलसीपुर, मङ्सिर ४। तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले आफू सँधै व्यवसायीहरूको हकहितको लागि पर्ने बताए । शनिबार तुलसीपुर किराना उप समितिले राप्ती शान्ति उद्यान पार्कमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै उनले कुनै व्यवसायले समस्या भएमा आफूहरूलाई जानकारी दिन आग्रह गरे ।

प्रमुख अतिथि चालिसेले व्यवसायीहरूको लागि नै आफूहरू लागि परेको भन्दै उनले जानकारी दिएपछि मात्र थाहा हुने र त्यसको हल गर्न आफूहरू लागि पर्ने समेत बताए । साथै, उनले उद्योग वाणिज्य संघले चाडपर्वको समयमा मात्र हप्ताको ७ दिन व्यवसाय सञ्चालन गर्ने दिएको भन्दै अब प्रत्येक शनिवार व्यवसाय बन्द गर्ने आग्रह गरे । यसैगरी उनले प्रत्येक पसलमा मूल्य सूची राख्न आग्रह गर्दै गुणस्तरहीन र म्याद गएका सामानहरू बिक्री नगर्न समेत आग्रह गरे ।

समितिका अध्यक्ष होताराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नारायण खनाल, समितिका संस्थापक अध्यक्ष निरज भण्डारी, विष्णु भुसाल, दुर्गा प्रसाद भुसाल लगायतकाले मन्तव्य राखेका थिए । उनीहरूले तुलसीपुर उद्योग वाणिज्य संघले भने अनुसार नै नियम पालन गर्दै आएको समेत बताएका थिए ।

साथै, उनीहरूले आजको कार्यक्रम पनि हप्ताको ६ दिन सम्म व्यापार व्यवसायमा व्यस्त हुने व्यवसायीहरू हप्ताको एक दिन रमाइलो गर्नु पर्छ भन्ने उद्देश्यले नै पिकनिक आयोजना गरिएको उनीहरूको भनाइ थियो । यस्तै कार्यक्रममा विभिन्न ब्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन हेमराज गौतमले व्यक्त गरेका थिए, भने कार्यक्रमको सहजिकरण यज्ञ बहादुर घर्तीले गरेका थिए । कार्यक्रममा तुलसीपुर डान्स स्कुलले विभिन्न सांस्कृतिक प्रस्तुती राखेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *