
शरद रेग्मी
तुलसिपुर, मङ्सिर २८ ।
सनराइज बैंक लिमिटेड तुलसिपुर शाखाले बैङकिङ सेवा सम्बन्धि ग्राहकहरुलाई जानकारी गराउन राेड शाे कार्यक्रमको अायाेजना गरेको छ । स्वास्थय तथा दुर्घटना बिमा र इलेक्ट्रोनिक बैंङ्किङ सुबिधा सम्बन्धी जानकारी गराउने उदेश्यले बैङकले तुलसिपुरमा शुक्रबार सचेतना मुलक रोड शो कार्यक्रममाकाे अायाेजना गरेको तुलसिपुरका प्रबन्धक रन्जन काेईराललाले जानकारी दिए ।
बैङकले स्थानीय सङघ सस्थाका प्रतिनिधि,जनप्रतिनिधि र अाम नागरिकको सहभागीमा तुलसिपुर स्थित नयाँ बसपार्क नजिकै कार्यक्रमको अायाेजना गरेकाे हाे । कार्यक्रममा बैंकले आफ्ना बचत खाताका ग्राहकहरुलाई प्रदान गर्ने विभिन्न सुबिधाका साथै स्वास्थ्य तथा दुर्घटना बिमाको बारेमा बिस्तृत जानकारी गराउनुका साथै बचत खाता भएका ग्रहाकहरुले आफ्नो बचत खातामा भएको वार्षिक मौज्दातको २५ प्रतिसत स्वास्थ्य बिमा तथा ६ प्रतिसत ब्याज गरि जम्मा ३१ प्रतिसत सम्मको फाइदा प्राप्त गर्न सक्ने समेत कार्यक्रममा प्रस्ट पारिएको थियो । उक्त कार्यक्रम करिब तीन सय बढि मानिसहरुले प्रत्यक्ष अबलोकन गरेकाे बैकले जानकारी दिएकाे छ ।
