शरद रेग्मी
दाङ, मंसिर २६ ।
तुलसिपुरमा गण्डकी बिकाश बैंकको शाखा बुभवार उदघाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले रिवन काटेर बैंकको उद्घाटन गरेका हुन । गण्डी बैंकको यो ७१आंै शाखा रहेको जानकारी दिइएको छ । उद्घान पछि मनत्वय राख्दै मेयर पाण्डेले उधमसिलता र आर्थिक अबस्थालाई चलायमान बनाउन बंैकहरुको भूमिका मत्वपूर्ण हुनुपर्ने बताए ।
समाजमा हुने हरेक आर्थिक कारोबारहरु बंैकिङ प्रणालिबाट गर्न सकेमा मात्रै आर्थिक अनियमितता समाप्त हुने उनको तर्क थियो ।
त्यस्तै उनले जनताका बीचमा हुदै आएको आर्थिक कारोवारलाई बैकसम्म ल्याउन आफु लागि परेको जानकारी दिए । मेयर पाण्डेले भने ‘ अपारदर्सी ढंगवाट संचालित सबै ढुकुटी र मिटर व्याज बन्द हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’ त्यो अन्त्य भएमा भ्रष्टाचार न्यूनिकरणमा सहयोग पुग्ने उनको तर्क छ । गण्डकी बिकाश बैंकले तुलसीपुरमा शाखा खेल्नुले तुलसिपुर र पोखराको आर्थिक, पर्यटकीय र भाबनात्मक सम्बन्धको बिकास हुने मेयर पाण्डेले आशा व्यक्त गरे ।
त्यस्तै उनले भबिस्या तुलसीपुरको बिकासका लागि सुन्दर नगरी पोखरासम्म सिधा हवाई उडान गर्न सकिने संभावना औंल्याएका छन् ।
बैंकका सञ्चालक बरिष्ठ अधिबक्ता कृष्णबहादुर थापा क्षेत्रीले स्थानीय तहको समन्वयात्मक भूमिकामा गण्डकी बिकाश बैंकले अबसर प्राप्त गरे असाहय,जेष्ठ नागरिक र अपांगता भएका ब्यक्तिहरुको घरसम्म पुगेर बैंकिङ सेवा प्रदान गर्न तयार रहेको जानकारी दिए । बैंकका सिईओ रेशमकुमार थापाले आफुहरुले ५० हजारदेखि माथि ऋिण प्रबाह गर्न सक्ने जानकारी दिए । कार्यक्रममा तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावत,राप्ती बबई क्याम्पसका सहायक प्राचार्य सुर्यप्रसाद शर्मा ,सहकारी अभियान्ता शुक्रराज भण्डारी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।