
काठमाडौं,असोज ८ । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन १२ सयले घटेर ९३ हजार १ सयमा कारोबार भएको छ । मंगलबार १७ सयले घटेको सुन बुधबार पनि १२ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा ४ हजार १ सयले कमी हो ।
यस्तै आज तेजावी सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
