काठमाण्डौ,असोज ५ । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।
सुन आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९७ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।
चाँदीको भाउ पनि आज तोलामा पाँच रुपैयाँ बढेर तोलाको १ हजार ३ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
