काठमाण्डौ,भदौ २९ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेको छ ।
सुन आज तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँ घटेर तोलामा १३ सय २० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार