यमकला भुसाल,
तुलसीपुर, पुस २४ । दाङ तुलसीपुरका २२ बर्षीय दिपक काफ्लेले मःमको खाजा घर सञ्चालन गरेको लगभग ३ महिना पुग्यो । बैदेशिक रोजगारीको सिलसिलामा कतार बाट फर्केपछि उनले यो खाजा घर सञ्चालन गरेका छन् ।
हरेक मानिसको जीवन संघर्षले भरिएको हुन्छ । काफ्लेले पनि ब्याचलर पढ्दा पढ्दै बाध्यताले विदेश जानुपर्ने अवस्था आयो ।उनले काठमान्डौँमा गरेको व्यापार विग्रियो । झन्डै ९ लाखजति रकम डुब्यो । उनलाई विदेश जान रहर थिएन । तर साहुले सताउन थाले । लागेको ऋण तिर्ने पैंशा कमाउन उनी विदेश गए ।
कतारमा झण्डै १४ महिना बसे । त्यहाँ उनले एक बिजनेस कम्पनीमा लेखापालको काम पाएका थिए रे रु कामपनि सजिलै र तलब पनि राम्रै । तर काफ्लेको मन त्यहाँ रम्न सकेन ।
विदेश जहाँ उनले घरमा कसैलाई नसोधी गएका थिए । व्यापारको सिलसिलामा केही समय मात्रै जान लागेको भनेर ढाँटे । मनमा भने लागेको ऋण तिर्ने पैंशा उठाएर फर्किने भन्ने थियो ।
विदेशमा पंैसा कमाएता पनि आत्मसम्मान उनले पाएनन् । त्यसैले स्वदेश मै केही गर्ने निष्कर्षमा पुगे । हाल काफ्लेले तुलसीपुर– सुर्खेत सडक खण्ड अन्र्तगत पातुखोलाको पुलचोकमा ‘राजा मःम’ खाजा घर सञ्चालन गरेका छन । अनलाइन,फोनबाट पनि अर्डरहरु लिन्छन् । होमडेलिभरी सेवापनि दिएका छन् । उनले यो व्यवसाय थालेयता मासिक एकदेखि डेढ लाख सम्म आम्दानी गर्दै आएको बताए ।
उनले यो खाजा घर पार्टनरसीपमा चलिरहेको छ । प्रसान्त चापागाई पार्टनर छन् । आफ्नै ठाउँमा मेहनतले सानोतिनो ब्यवसाय गरेको देख्दा उनीहरुका घरपरिवारपनि खुसी छन् । परिवारवाट पनि राम्रो साथ सहयोग मिलेको चापागाईले बताए । ‘जागिर पाइदैन भनेर विदेश भाग्ने हैन, आफै उद्यमी बन्न सकिन्छ,’ काफ्लेले भने ।