
कात्तिक २२ । आज शुक्रबार सुनको भाउ तोलामा ७ सय सय रुपैयाँ घटेको छ । सुन शुक्रबार तोलामा ६९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार भने सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।
प्रकाशित मिति : २०७६ कार्तिक २२ गते शुक्रवार