यमकला भुसाल,
तुलसीपुर,कार्तिक २ । ट्रार्फिक प्रहरी कार्यालय तुलसीपुरले एकै महिनाको अवधिमा तुलसीपुर क्षेत्रवाट मात्रै ९ लाख बढी राजश्व सकंलन गरेको छ । ट्राफिक नियम उल्लघन गर्ने विभिन्न १ हजार ४ सय ८५ सवारी साधनलाई कारवाही गर्दा गत असोज महिनामा मात्रै ९ लाख ३३ हजार रुपैंया राजश्व सकंलन गरेको हो ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्दकुमार पोख्रेलका अनुसार असोज महिनामा १ सय ३३ बटा बसबाट ८७ हजार रुपैंया,१ सय ५५ वटा ट्रकबाट ९५ हजार,२ सय २ वटा जीपकारबाट १ लाख ४० हजार, १ सय ६९ वटा ट्रयाक्टरबाट ९७ हजार, ६ सय ४२ वटा मोटरसाइकलबाट ३ लाख ८७ हजार रुपंैया राजश्व सकंलन भएको हो ।
त्यस्तै असोज महिनामा मात्रै १ सय ४९ वटा ट्याम्पोमाथि कारवाही भएको छ । त्यसबाट १ लाख २५ हजार रुपैंया राजश्व सकंलन भएको पोखरेलले बताए । चाडपर्वको समयमा लापरबाही रुपमा सवारी चलाउने,मदाक पदार्थ सेवन गरि सवारी हाक्ने,ट्रार्फिक नियमको पालना नगर्ने जस्ता सवारी बढी मात्रामा कारबाहीमा परेका कारण राजश्व सकंलनमा बृद्धि भएको प्रमुख पोखरेलले जानकारी दिए ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले असोज महिनामा मादक पदार्थ सेवन गरि सवारी चलाउने ९९ वटा सवारी चालकलाई कारबाही गरे बाफत ९९ हजार रुपैंया राजश्व सकंलन गरेको छ । मापसे गरि चलाउनेमा ७४ वटा मोटसाईकल चालक, १७ वटा ट्याम्पो चालक ,२ वटा जीपकार चाकल ,३ वटा ट्याक्टर चालक र एउटा बसका चालक गरि ९९ वटा चालक कारबाहीमा परेको प्रमुख पोखरेलले बताए । त्यसैगरी ट्राफिक नियमको उल्लघन गर्दे हर्न बजाउने १० जना चालकलाई कारबाहि गरे बाफत ५ हजार राजश्व सकंलन भएको छ ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले चालु आर्थिक वर्ष २०७६÷०७७ को साउन महिनामा ६ सय सवारी साधनबाट ३ लाख ६० हजार रुपैंया र भदौ महिनामा ९ सय ५० वटा सवारी साधनबाट ६ लाख ९ सय रुपंैया राजश्व सकंलन गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ट्रार्फिक प्रहरीले असोज १ गतेदेखि मापसे सेवन गरि सवारी चलाउने चालकलाई सचेतना कक्षा संचालन गर्दै आएको छ ।
मापसे गरि सवारी चालउनेलाई पक्राउ गरि सामुहिक कक्षा लिने र त्यसपछि ट्राफिक नियम अनुसार जविरवाना गराएर छोड्ने गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा नयाँ प्रमुखको रुपमा डिएसपी हरिहरनाथ योगी आएपछि सवारी चेकजाँचमा कडाई गरिएको छ । डिएसपी योगी आफैपनि रातको समयमा सवारी चेकजाँचमा खटिदै आएका छन् ।