२०८१ असोज २९ गते मङ्गलवार

म्याद गुज्रिएका फर्महरु नविकरणमा सघाउन व्यवसायिको माग


अमरराज आचार्य,
दाङ,असोज १५ । प्रदेश नं ५ का मुख्य मन्त्रि शंकर पोख्रेलसंग जिल्लाका व्यवसायिहरुले म्याद गुज्रिएका फर्महरु नविकरणको व्यवस्था गरिदिन माग गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले वुधवार मुख्य मन्त्री पोख्रेललाई ज्ञापन पत्र वुझाउँदै त्यस्तो माग गरेका हुन । ज्ञापन पत्रमा घरेलु तथा साना उद्योग कार्यालय वाट लामो समयदेखि म्याद गुज्रिएका फर्महरु नविकरण नहुँदा व्यवसायीहरुले बैंक कारोवार गर्दा अत्यन्त समस्या भएको बताए ।

उनीहरुले जति सक्दो चाँडो फर्म नविकरणको व्यवस्था गरि दिन मुख्य मन्त्रीलाई आग्रह गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ मा औद्योगिक क्षेत्र निर्माणको लागि डिपीआर समेत भइसकेर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजु , उद्योग मन्त्रालयवाट समेत उक्त क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गर्दा उपयूक्त हुने सिफारीस समेत भएकोले यथा सिघ्र ओद्योगिक क्षेत्र घोषणामा पहल गरि दिन मागपनि गरे ।

उपभोक्तालाई सही नाप तौल गरेर बस्तु प्राप्त गर्ने अधिकारको सम्मान गर्दै दाङ जिल्लाको घोराहीमा नाप तौलको कार्यालय शाखा स्थापनाको लागि पहल गरि दिन अर्को माग गरे । नेपाल सरकार वाट २०७४ सालमा घोषणा भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीको लागि प्रयाप्त वजेटको व्यवस्था मिलाई प्रभावकारी सेवा प्रदान गर्नपनि माग गरे ।

उनीहरुको अर्कौ माग तुलसीपुरमा इन्धन डिपो स्थापना गर्ने बारे थियो । तुलसीपुरमा रहेको विमान स्थलको विस्तार समेत छिटो काम अगाडि वढाउन माग गरिएकोे दाङ जिल्ला उद्योग वाणिज्यका पदाधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ असोज १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *