२०८३ मङ्सिर १० गते बुधवार

सुन भाउ घट्यो


असोज १२। लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आइतबार भने प्रतितोला ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै चाँदी पनि शुक्रबारको तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २०७६ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *