२०८३ असार १४ गते आइतवार

कुवेतद्धारा नेपालसामु १४२ रनको लक्ष्य प्रस्तुत

फाइल तस्बिर

काठमान्डौं, साउन ११ । आइसिसी टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा कुवेतले नेपाल सामु १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ राजेको थियो । पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै जोड्न सकेको हो ।

च्याम्पियन बनेर विश्व छनोटमा पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने बाध्यता छ। आजको खेल जितेपछि आइतबार सिंगापुर संगको प्रतिपर्धामा पनि उस्लाईउ पराजित गर्न सके नेपाल विश्व कप छनोटमा पुग्ने निश्चित हुनेछ।

नेपालका लागि बलिङ तर्फ स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३÷३ विकेट लिन सफल भएका थिए। सन्दीपले ४ ओभरमा २१ रन र बसन्तले २० रन दिए । करण केसी २ विकेट र अभिनास बोहराले १ विकेट लिन सफल भएका थिए ।

उता कुवेतका लागि कप्तान मोहमद कासिफले सबैभन्दा बढी नटआउट ४९ रन जोड। अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे। अडनास एड्रिसले २५ रन जोड्दा मोहमद अस्लामले २३ रनको योगदान दिएका थिए ।

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *