तुलसीपुर, जेठ १८ ।
दाङमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा परि बर्दियाका एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका – ४ का ३५ वर्षीय खिमराज तिमल्सिना छन् ।
प्रहरीका अनुसार सोमबार दिउँसो पश्चिम अमेलियाबाट बाट पूर्व लमही तर्फ जाँदै गरेको लु २ च ९६१७ नम्बरको पिकअप भ्यानले काठमाडौंबाट पश्चिम बर्दियातर्फ जाँदै गरेको बा ६५ प १८८४ नम्बरको मोटरसाइकललाई लमही नगरपालिका – ७ पदमिनी खोला नजिक ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते तिमल्सिनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । तिमल्सिनाको शव लमही अस्पतालमा राखिएको छ।
ठक्कर दिने गाडी तथा चालक इलाका प्रहरी कार्यालय अमिलियाको नियन्त्रणमा छन् ।
प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार
