२०८३ जेष्ठ १८ गते सोमवार

एक लाख धरौटी बुझाए पछि छुटे महरा

दाङ, जेठ १८ ।

पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ।
अदालतको आदेश पछि नेकपाका नेता महरा तोकेको धरौटी बुझाएर छुटेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब दुई महिनाअघि उनलाई पक्राउ गरेको थियो ।
महरासहित २८ जनाविरुद्ध सुन तस्करीसँग सम्बन्धित विद्युतीय चुरोट (भेप) प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सोही मुद्दासँग सम्बन्धित थुनछेक बहसका क्रममा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हुन ।

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *