दाङ,साउन ७ । नेपाली काँग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्व सभापति घनश्याम रेग्मी, पूर्व सांसद गेहेन्द्र गिरीको उपस्थितिमा मंगलवार विहान मात्रै नेविसंघ राप्ती बबई क्याम्पसको आयोजनामा बृक्षारोपन कार्यक्रम भयो । ३७औं वीपी स्मृति दिवसको अवसर पारेर केही दिन अगाडि मात्रै अधिकार खोसिएका भनिएका नेविसंघ ईकाइ सभापति वशन्त बस्नेतको अध्यक्षतामा कार्यक्रम भयो ।

तर त्यो कार्यक्रममा बस्नेतलाई कारवाही गरेको भन्दै प्रेस विज्ञप्ति जारी गर्ने नेविसंघ इकाइ सभापति रोहित न्यौंपाने लगाएतका विद्यार्थी नेताहरु भने सामेल थिइनन् । केही दिन पहिले मात्रै न्यौंपानेले वस्नेतमाथि भाषा ठयाक्कै त्यही नभएपनि असक्षमको विल्ला लगाउँदै फेरि अधिकार आँफैमा फर्काएको भन्ने उल्लेख गरेका थिए ।

तर तिनै अधिकार खोसिएका भनिएका बस्नेत नै ‘बैधानिक हुन’ भन्ने ढंगले म्यासेज दिन पार्टी जिल्ला सभापति खड्कासहित थप दुईजना पूर्व जिल्ला सभापति समेत क्याम्पसको कार्यक्रममा सरिक भए । तर अर्को समुहले त्यो बहिस्कार गरेको जस्तै रवैया देखायो । पार्टी सभापति सहभागि कार्यक्रममा समेत उनीहरु सामेल भएनन् ।

प्रमुख अतिथि पार्टी सभापति खड्काले आफ्नो मनतब्यमा त्यसमा घुमाउरो ढंगले असन्तुष्टि जाहेर गरे । बढ्दा जोर भने बक्ताहरुले वीपीको व्यक्तित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनमा खेलेको भूमिकाको चर्चा परिचर्चा गरे । बक्ताहरुले वीपीलाई अध्यन गर्न र वीपीको विचारलाई हृदयदेखि नै आत्मसाथ गर्न विद्यार्थी वर्गमा आग्रह पनि गरे । तर, त्यो दुभाग्र्य सावित भइदियो । केही बेरमै नेविसंघ राप्ती बबई क्याम्पस ‘विघठन’ गरिएको म्यासज भाइरल भयो । पार्टी सभापित खड्का सामेल कार्यक्रम लगतै नेविसंघका जिल्ला सभापति राजकुमार डाँगीको नामबाट विज्ञप्ति प्रकासित भएको थियो ।

साझै शब्दमा लेख्ने हो भने, त्यो विज्ञप्तिको सार वशन्त बस्नेतको अध्यक्षता र पार्टी सभापतिको प्रमुख आथित्यमा भएको कार्यक्रम बैद्य थिएन भन्ने ढंगको मान्नु पर्ने आधारहरु छन् । यद्यपी त्यहाँ संगठनको हितको लागि त्यसो गरेको दाबी भने गरिएको छ ।
रोहित न्यौपानेले ९ दिनमै वशन्त बस्नेतवाट सभापतिको अधिकार खोसेको भन्ने विज्ञप्ति प्रकासित भए लगतै वशन्तको नामवाट पनि अतेन्नै गैर जिम्मेवार र निम्छरो शब्दका गाली गलौजका भाषाहरु सामाजिक सञ्जालमा सार्वजनिक भए । त्यसमा क्षेत्रीय पार्टी सभापतिको मृत्यु भएको तथापी अमन परेको नेता भएको हुँदा मलामी समेत जान मन नलागेको जस्ता शब्दाबली प्रयोग गरिएका थिए ।

यसले राप्ती बबई क्याम्पसको नेविसंघको बस्तुस्थिति र त्यसका नेताहरुको मनस्थिति छताछुल्ल भएको छ । कसैले कसैलाई नटेर्ने , छाडा साँढे जस्ता अनुसाशनहिन गतिविधि भइरहँदा जिल्ला नेतृत्व केही गर्न नसक्ने लाचार ढंगले प्रस्तुत भइरहेको छ । अनुशासनको नाकेडोरी कस्न डराउने नेतृत्वले गर्दा नै आज संगठनमा मनपरी बढेको हो । यो जिम्मेवारी पार्टी सभापतिले एक्लैले मात्रै वहन गर्नुपनर्छ भन्ने हैन । पार्टी सभापतिको अलिकति धेरै दायित्व होला, त्यो दायित्व भनेको क्षेत्रीय सभापति र स्ववियु सभापतिको पनि हो ।
गुट उपगुटका नाममा भइरहेका यस्ता क्रियाकलपाले कुनैपनि बाहानामा यदी भविस्यमा पनि मलजल पाउँदैन जाने हो भने संगठनमा थप भाँडभैलो सृजना हुने छ । काँग्रेस भित्र नर्सरी ठानिने नेविसंघ यस्तै स्वार्थका गुटगत दोकान थापेजस्तै गरि चल्न दिने हो भने त्यो रोग भोलि पार्टीमा पनि अवस्य सर्दै जाने छ । त्यसले वीपीले जन्माएको पार्टी थप लथालिङ्ग र भताभुङ्ग पार्दै लैजाने छ । यसले थप अविस्वास पैदा हुँदै जाने छ । आफुलाई मात्रै काँग्रेस ठान्ने र अर्कौलाई गैर काँग्रेस देख्ने संर्किन्न सोच आजैदेखि त्याग्दै सबैलाई समटेर लैजाने नेतृत्वको अभाव खड्किएको छ ।
इतिहासमै पार्टी कमजोर भएको अहिलेको अवस्थामा यसैगरी आपसमा रिंगौरी खेल्दै गए प्रतिपर्धी पार्टीलाई हरेक क्षेत्रमा लोकतन्त्रका खम्वाहरु हल्लाउँदै ढाल्न थप सजिलो हुने छ । उत्पन्न समस्या समाधानको लागि नेतृत्व गम्भीर समयमै गम्भीर बन्न अति नै आवश्यक छ । आचरण र व्यवहारमा सरलपना, अनुशासन, सालिनता तथा आदर्श सुहाउलान,तर संगठनको हितको सवालमा कहिले काँही निर्मम र कठोर पनि बन्न सक्नुपर्छ ।
