दाङ, बैशाख ९ ।
प्यूठान प्रहरीले स्थानीय सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ऐरावति गाउँपालिका – ५ साधन चौरका २३ बर्षीय बिनोद केसी र २९ बर्षीय रमेश केएम पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइले उनीहरुलाई मंगलबार पक्राउ गरिएको बताए ।
बैशाख ६ गते राति ९ बजेतिर जिल्लाको ऐरावति – ५ स्थित बदर खोला सामुदायिक वनमा आगो लागेको थियो ।
प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार