२०८३ बैशाख ८ गते मङ्गलवार

तुलसीपुर र घोराही बाट आगुऔषधसहित २ दिनमा ७ जना पक्राउ

दाङ, बैशाख ८ ।

लागुऔषधसहित दाङ प्रहरीले दुई दिनमा सात जनालाई पक्राउ गरेको छ ।

बैशाख ७ गते साढे ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका – ५ बसपार्क न्युरोड स्थित सडकबाटो बाट शान्तिनगर गाउँपालिका –५ का २९ बर्षीय उद्धव शाह पक्राउ परे ।
उनको शरिर खानतलासी गर्दा लुकाई छिपाई राखेको ९ वटा पुरिया ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराले बताए ।

उनको साथबाट १ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।

बैशाख ७ गते ४ बजेपछि तुलसीपुर – ५ बसपार्क बाट अर्घाखाचीको शितगंगा नगरपालिका –८ का २८ बर्षीय शुक्रबहादुर कुमाल र जाजरकोट छेडागाड नगरपालिका – १२ का २५ बर्षीय बिजय सिंहपनि पक्राउ परे ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोलीले खानतलासी गर्दा प्लाष्टिक झोला भित्र लुकाई छिपाई राखेको ८ सय ९५ ग्राम चरेश बरामद गरेको थियो ।
त्यसको अघिल्लो दिन बैशाख ६ गते बेलुकी ८ बजेतिर घोराही उपमहानगरपालिका – १८ खर्कट्टी टोल बाट अनिता रोका मगर र उनका श्रीमान ४४ बर्षीय नविनकुमार रोका मगर, सोही वडाको नयाँबस्ती टोलका ५० बर्षीय खड्कबहादुर पुन र घोराही – १४ की ४३ बर्षीय कविता घर्तीलाई नियन्त्रणमा लिएको थियो ।

अनिता रोका मगरको घरको सुत्ने कोठा बाट प्लाष्टिकमा पुडिया बनाई राखेको ४ पुडिया ब्राउन सुगर बरामद भएको थियो ।
जस्को तौल २ ग्राम ८८० मिली ग्राम थियो ।
अनिता दम्पत्तिको घरको अघि पार्किङ गरी राखेको खड्कबहादुर पुनको लु.प्र.०२–००२ प २३७१ नम्बरको मोटरसाइकलको भाइजरमा फाइबर व्यागमा प्लाष्टिकमा २२ वटा पुडिया बनाइ राखेको ब्राउन सुगर बरामद भएको थियो ।
जस्को तौल ५६ ग्राम ८०० मिलिग्राम पुगेको डिएसपी बोहराले बताए । प्रहरीले पक्राउ परेका सातै जना बिरुद्ध थप अनुसन्धान भइ रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *