
दाङ, बैशाख ७ ।
सल्यानमा आगलागी बाट चार वटा घर गोठ जलेर नष्ट भएका छन् ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – १० खानीगाँउका स्थानीय ६५ बर्षीय तेजबहादुर पुनको गोठमा दिउँसो साढे ३ बजेतिर सल्किएको आगोले अन्य तीन परिवारका घर तथा गोठहरु जलेर नष्ट भएका हुन ।
गोठबाट सल्केको आगो छिमेकी ४६ बर्षीय थमन घर्तीको २ तले ३ कोठे खरले छाएको कच्ची घर, ३३ बर्षीय जिवन पुनको २ तले ४ कोठे खरले छाएको कच्ची घर र ३० बर्षीय खुमबहादुर पुनको ३ तले ४ कोठे खरले छाएको कच्ची घरमा सल्किएको थियो । तीब्र गतिको हावा हुरीका कारण आगो स्थानीयका घर गोठमा फैलिएको थियो ।
आगलागीमा परेका चारै जनाको घर तथा गोठहरु सबै पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
सल्यानका प्रबक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले अस्थायी प्रहरी पोष्ट बाबियाचौर बाट खटिएको प्रहरी टोलीका साथै स्थानीयले मिलेर आगो नियन्त्रणमा लिएको बताए ।