तुलसीपुर, फागुन १३ । नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले आँफुले राम्रो मत पाएर जित्ने बताएका छन् ।
तुलसीपुरमा बुधबार आयोजित प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा काँग्रेस उम्मेदवार गिरीले मतदाताको साथ र सहयोगले आँफू निकै उत्साहित रहेको भन्दै राम्रो मत प्राप्त गरि जित्ने बताएका हुन ।
‘ यस पाली जस्तो काँग्रेसको अदभूत एकता मैले यसअघि देखेको थिइन,’ उम्मेदवार गिरीले भने ‘ हामी जित्छौं यत्ति भनौं हामी राम्रो मतले जित्छौं।’
काँग्रेसमा यसपाली कुनै बिचलन नआएको तथा सबै भातृ संग संगठनहरु एक ढिक्का भएर काँग्रेसको पक्षमा माहोल सृजना गर्न प्रतिबद्धताका साथ लागि परेको हुँदा काँग्रेसको जित सहज बन्दै गएको उनले दाबी गरे ।
उम्मेदवार गिरीले आँफु प्रतिनिधि मात्रै भएको भन्दै सम्पूर्ण काँग्रेस जनहरुले नेपाली काँग्रेस बिना देशले अहिलेको अवस्था बाट निकास नपाउने र बिकासपनि अगाडि बढ्दैन भन्ने कुरा बुझेको बताए ।