२०८२ माघ २५ गते आइतवार

बरिष्ठ अभिनेता सुनिल थापा रहेनन्


दाङ, माघ २४ । चर्चित क्षेत्रका ब्रिष्ठ अभिनेता सुनिल थापाको शनिबार बिहान निधन भएको छ।
हृदयघातका कारण थापाको निधन भएको हो ।

अचानक स्वास्थ्यमा समस्या भएपछि थापालाई काठमाडौंको थापाथलिस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।

उपचारको क्रममा उनको निधन भएको हो । परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आएता पनि सुनिल काठमाडौंमा अपार्टमेन्टमा बस्दै आएका थिए।
मुम्बई बाट परिवारका सदस्य आइपुगेपछि मात्रै मृत्युको औपचारिक घोषणा गरिने भएको छ ।

सुनिल थापाले झन्डै सयौं सिनेमामा अभियन गरेका छन् । उनले भारतीय सिनेमामा पनि अभियन गरेका छन् ।


सुनिल थापा ‘राते काइँला’ उपनामले पनि चर्चित थिए । फिल्म ‘चिनो’ मा खलपात्र ‘राते काइँला’ को भूमिका पछि उनले समाजबाट त्यो उपमा पाएका थिए ।

प्रकाशित मिति : २०८२ माघ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *