२०८२ माघ ९ गते शुक्रवार

७४ बर्षीय गणेश श्रीमतिको हत्या आरोपमा पक्राउ

दाङ, माघ ५ । रुकुम पश्चिममा एक जना ७४ बर्षीय बृद्धा श्रीमतिको हत्या आरोपमा पक्राउ परेका छन् ।


जिल्लाको त्रिवेणी गाँउपालिका–१ का ७४ बर्षीय गणेशबहादुर कामी ६५ बर्षीया श्रीमति पम्फा कामीको हत्या आरोपमा पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि पुनले बताए ।

मदिरा सेवन गरेका गणेशले सामान्ने घरायसी बिबादका क्रममा श्रीमति पम्फाको टाउकोमा सनासो प्रहार गरेका थिए । यो घटना शुक्रबार दिउँसो १ बजेतिरको थियो ।

टाउको र हातमा सनाटोले प्रहार गरि घाइते पम्फालाई बुहारी सिर्जनाले दिउँसो साढे चार बजेतिर जिल्ला अस्पताल सल्लेमा उपचारका लागि पुर्‍याएकी थिइन ।


थप उपचारका लागि घाइतेलाई उपचारका लागि बाँकेका लागि रिफर गएिको थियो । पम्फाको साढे ८ बजेतिर बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।
घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *