२०८२ फाल्गुन ३० गते शनिवार

एकताको पक्षमा उभिन अध्यक्ष लम्सालको आग्रह

दाङ, पुस ३० । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियन आवद्ध सबैलाई एकताको पक्षमा उभिन आग्रह गरेका छन् ।

बुधबार बिज्ञप्ति जारी गर्दै अध्यक्ष लम्सालले विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न अनुरोध गरेका हुन ।

‘नेपाल प्रेस युनियन नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरुले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तय गर्न अनुरोध गर्दछ,’ उनले भनेका छन् ।

नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस बिभाजन भएपछि तत्कालै काँग्रेसको सुभेच्छुक संस्था युनियनका अध्यक्ष लम्सालले बिचतिल नभइ एकताको पक्षमा उभिन आग्रह गरेका हुन ।

नेपाल प्रेस युनियन लोकतन्त्रवादी पत्रकारहरुको साझा संगठन हो ।

प्रकाशित मिति : २०८२ पुष ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *