२०८३ साउन २६ गते मङ्गलवार

दाङ–३ मा कमल सुबेदी निर्वाचित

दाङ, फागुन २३ । दाङको निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुबेदी निर्वाचित भएका छन् ।

शनिबार बुलेका प्राप्त अन्तिम मत परिनाम अनुसार सुबेदीले ४४, २४८ मत प्राप्त गरि निर्वाचित भएका हुन ।


नेपाली काँग्रेसका उम्मेदवार दीपक गिरीले १६,४५३ मत प्राप्त गरे । निकटतम प्रतिष्पर्धी गिरीलाई सुबेदीले २७,७९५ मतान्तरले पराजित गरेका हु्न ।

त्यस्तै नेकपा (एमाले)का घनश्याम पाण्डेले १२, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९३२८ र राष्ट्रिय प्रजातन्त्रका दामोदर भण्डारीले १०५७ मत प्राप्त गरे ।


दाङ क्षेत्र नं. ३ मा ८८,६१७ मत गणना भएकोमा ३७७६ मत बदर भएको थियो ।
यो निर्वाचन क्षेत्रमा १ लाख ५० हजार सात सय २० मतदाता थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *