२०८३ साउन २४ गते आइतवार

दाङ –२ मा विपिन आचार्य शंकर पोखरेल भन्दा बढी २६००० मतान्तरले अघि

करिब ४ मत मात्रै गणना हुन बाँकी

दाङ, फागुन २२ । दाङ– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का उम्मेदवार विपिन आचार्य निकटतम प्रष्पिर्धी भन्दा २६००० भन्दा मतान्तले अघि पुगेका छन् । हालसम्म ७७,९२८ मत गणना भइ सकेको छ ।


अब झन्डै ४४०० मत मात्रै गणना हुन बाँकी रहेको हुँदा उनको जित सुनिश्चित बनेको छ । दाङ– २ मा यतिखेर अन्तिम चरणको मतगणना भइ रहेको छ । अहिले घोराही उपमहानगरपालिका – १८ को मतगणना भइ रहेको छ ।


हालसम्म राश्वपाका उपमहासचिव विपिन आचार्यले हालसम्म ४०९९८ मत प्राप्त गरेका छन् ।

आचार्यका निकतम प्रतिष्पर्धी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले १४६१७ मत प्राप्त गरेका छन् । राश्वपाका आचार्य – एमालेका पोखरेल भन्दा २६३७९ मतले अघि छन् ।


नेपाली काँग्रेसका किरणकिशोर घिमिले हालसम्म ११०१७ र र नेपाली कम्युष्टि पार्टीका निर्मल आचार्यले ६७३५ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

गणना भएको मत मध्य हालसम्म २७२२ म तबदर भएको छ । यहाँ ८२ हजार ६ सय २६ मत खसेको थियो ।
दाङ क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९ सय ६५ मतदाता थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *