तुलसीपुर, फागुन २७ । दाङको क्षेत्र नं. २ बाट निर्वाचित विपिनकुमार आचार्यले मंगलबार निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको बिवरण बुझाएका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री आचार्यले सवा १६ लाख बराबरको चुनाबी खर्चको बिवरण बुझाएका छन् ।
उनले बुझाएको चुनावी खर्च बिवरणमा जम्मा १६ लाख २९ हजार पाँच सय ६२ रुपैंया मात्रै खर्च भएको उल्लेख छ ।
राश्वपा सहमहामन्त्री आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेल लगाएतका उम्मेदवारलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते बुधवार