२०८३ साउन २४ गते आइतवार

दाङ–३ मा राश्वपाका कमल सुबेदी जित सुनिश्चित

दाङ, फागुन २३ । दाङको निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुबेदीको जित सुनिश्चित जस्ते भएको छ ।


सुरुदेखि नै अग्रता लिएका सुबेदीले ६१ हजार ५ सय १२ मत गन्दा ३२००२ मत प्राप्त गरेका छन् ।

सुबेदीका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दीपक गिरीले हालसम्म १० हजार २५ मत प्राप्त गरेका छन् ।

सुेबदी काँग्रेसका गिरी भन्दा २१ हजार ९ सय ७७ मतान्तरले अघि छन् । अब गणना हुने सबै मत संख्या जोड्दा पनि राश्वपाका सुबेदी अघि हुने छन् । त्यसैले सुबेदीको जित सुनिश्चित बनेको हो ।


त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले ८ हजार ९ सय ७७ र नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ५ हजार ९ सय ५१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *