२०८३ साउन १ गते शुक्रवार

समानुपातिक तर्फ राश्वपालाई ५७ र काँग्रेसलाई २० सिट

दाङ, फागुन २९ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ।

आयोगले तोकेको तीन प्रतिशत थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दललाई समानुपातिक सिट निर्धारण गरि बाँडफाँड गरिएको हो ।


समानुपातिक तर्फपनि सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाएको छ । त्यसपछि नेपाली कांग्रेसले २० सिट जितेको छ ।


क्रमिक रुपमा नेकपा एमालेले १६, नेपाल कम्युनिष्ट पार्टीले ९ र श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४–४ सिट पाएका छन् ।

समानुपातिक तर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ मत खसेको थियो । त्यसमध्य १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको थियो ।


त्यस्तै प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। त्यसमध्ये १ करोड ५ लाख ५९ हजार १७ मत प्रतिशत मत सदर भएको थियो ।


निर्वाचन आयोगले अबको दुई दिन भित्र समानुपातिक तर्फ निर्वाचित हुने उम्मेदवारहरूको नाम छनोट गरी पेश गर्न दलहरूलाई पत्राचार गरिसकेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *