२०८३ साउन २६ गते मङ्गलवार

१६ बर्षीया इनिशा बिकको बलात्कार पछि अत्यधिक रक्तश्राबको कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्ट

दाङ, फागुन २८ । सुर्खेतकी १६ बर्षीया छात्रा इनिशा बिकको बलात्कार पछि अत्यकिध रक्तश्राबका कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई प्राप्त भएको छ ।


सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाले पोष्टमार्टम रिपोर्टमा बलात्कार पछि अत्यधिक रक्तश्राबका कारण इनिशा बिकको मृत्यु हुन पुगेको भन्ने कुरा बुधबार प्रहरीलाई प्राप्त रिपोर्टमा उल्लेख रहेको जानकारी दिए ।


‘जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ,’ डिएसपी बुढथापाले भने ।
बलात्कारका कारण पाठेघरसम्म घाउको धब्बा देखिएको कुरा रिपोर्टमा चिकित्सकले उल्लेख गरेका छन् ।


इनिशा बिक मृत्यु प्रकरण पछि पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँका कार्यरत तीन जना चिकित्सकका साथै नेपालगंजस्थित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यलाई पनि सुर्खेत डाकिएको थियो ।


जिल्लाको गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिशा पछिल्लो समय अध्यनका लागि आमा संगै वीरेन्द्रनगर–१ स्थित आफ्नै घरमा बस्दै आएकी थिइन ।

उनी फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन । तत्काल प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले चेकजाँच पछि उनलाई मृत घोषणा गरेका थिए ।
यो घटना पछि प्रहरी चार जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको छ ।
इनिशाका घर परिवार र आफन्तले उनको मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जोहरी दिएका छन् । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

सुर्खेतका प्रवक्ता बुढथापाका अनुसार इनिशा बिक मृत्युको घटना सार्वजनिक भए लगतै संगै उषा बाल बाटिका स्कूलमा कक्षा ११ मा संगै पढ्ने एक जना १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो ।

जस्ले प्रहरी समक्ष आँफुहरु बीचमा प्रेम सम्बन्ध रहेको दाबी गर्दै आएका छन् । यो घटना अनुसन्धानका लागि फागुन २४ गते थप तीन जनालाई पक्राउ गरिएको डिएसपी बुढथापाले बताए ।

फागुन २२ गते बेलुका फागुन २३ गते बिहान डेटिङ जाने सल्लाह अनुसार आँफुहरु बिहानै मोनिङ वाक गर्दै जंगलमा पुगेको दाबी ती किशोरले प्रहरी समक्ष गर्दै आएका छन् ।


त्यसपछि यौन सम्पर्क गर्दा अत्यधिक रक्तश्राब भएपछि इनिशा अचेत बनेको उनले प्रारम्भीक अनुसन्धानका क्रममा प्रहरी समक्ष दाबी गर्दै आएको डिएसपी बुढथापाले बताए ।

हालसम्मको प्रहरी अनुसन्धान बाट भदौ २४ गते पक्राउ परेका अन्य तीन जनालाई सवा ८ बजेपछि मात्रै उनले फोन सम्पर्क गरि सहयोगका लागि बोलाएको खुलेको छ ।
इनिशा मृत्यु प्रकरण माथि थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

इनिशा मृत्यु घटनाको निष्पक्ष छानबिन गरि दोषी माथि कडा कारबाहीको माग गर्दै सर्खेतका साथै काठमाडौंमा समेत पर्दशन भएका छन् ।

पीडित परिवार र अधिकारकर्मीले बुधबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर घटनाको निष्पक्ष रुपमा छानविन गरि दोषी माथि कारबाही गर्न माग गरेका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *