दाङ, फागुन २९ । रुकुम पश्चिमकी १२ बर्षीया बालिका सपना वलीको पाँच दिनदेखि खोजी कार्य जारी छ ।
पाँच दिनदेखि निरन्तर खोजी गर्दापनि फेला उनी फेला परेकी छैनन् ।
बाफीकोट गाउँपालिका–३ की १२ बर्षीया सपना फागुन २५ गते साँझदेखि बेपत्ता छिन् । उनी संगै आफन्तको बिहे घरमा जान हिडेका १४ वर्षीया कल्पना वली र उनकी १२ वर्षीया बहिनी उर्मिला वलीको शव भने फागुन २६ गते बिहान सानी भेरी नदीमा फेला परेको थियो ।
मंगलबार बिहान दुई दिनी बहिनीको शव भने बाफीकोट गाउँपालिका – ३ स्थित सानी भेरी नदीमा पाँच सय मिटरको दुरीमा फेला परेको थियो ।
बेपत्ता सपनासहित शब फेला परि सकेका दुई दिदी बहिनी गरि तीनै जना एकै घर परिवारका भाइ – भाइका छोरीहरु हुन ।
त्यो दिन बेलुकी पख एकै घर परिवारका तीन दिदी बहिनी मुसिकोट नगरपालिका–१ मा आफन्तको बिहेमा जान भनेर घरबाट गएका थिए। बिहे घरमा जान हिडेका उनीहरु सानी भेरी नदी तर्ने क्रममा एकै साथ बगेको अनुमान भइ रहेको छ ।
जिल्लाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि पुनले पाँच दिनदेखि बेपत्ता सपनाको खोजी कार्य जारी रहेपनि हालसम्म फेला पार्न नसकिएको बताए ।
सपनाको खोजी कार्य जारी रहनेपनि प्रहरीले जानकारी दिएको छ ।