दाङ, फागुन २९ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य राष्ट्रिय स्वतनत्र पार्टी (राश्वपा) ले सात जिल्ला क्लिनस्वीप गरेको छ । अन्य बाँकै पाँच जिल्लामा अरु दलहरु संग पद साझेदार गरेको छ ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा राश्वपाले रुपेन्देहीका ५ वटै क्षेत्र, दाङका ५ वटै निर्वाचन क्षेत्र, नवरपरासी पश्चिमका २ वटै निर्वाचन क्षेत्र, गुल्मीका २ वटै निर्वाचन क्षेत्र, बर्दियाका २ वटै निर्वाचन क्षेत्र र १ निर्वाचन क्षेत्र भएका अर्घखाँची र प्यूठानमा पनि राश्वपाले क्लीनस्वीप गर्यो ।
बाँकेका ३ निर्वाचन क्षेत्र मध्य मध्य २ वटा निर्वाचन क्षेत्र, कपिलबस्तुका ३ मध्य २ वटा निर्वाचन क्षेत्र र पाल्पाका २ निर्वाचन क्षेत्र मध्य १ निर्वाचन क्षेत्र राश्वपानले सिट बाँड फाँड गरेको छ ।
लुम्बिनी बाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले) का प्रभावशाली नेताहरुले ‘लज्जाष्पद हार’ बेहोरे ।
पटक / पटक अर्थमन्त्री बनेका एमाले उपाध्यक्ष बिष्णु पौडेल बुटवलमा र लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री तथा एमाले महासचिव शंकर पोखरेल दाङमा भारी मतान्तरसहित पराजित भए ।
यी दुबै नेताले संगै २०५१ सालमा जितेका थिए । उपाध्यक्ष बिष्णु २०५१ सालको संसदीय निर्वाचन पाल्पा – १ बाट जितेका थिए ।
त्यस्तै महासचिव शंकरले पनि त्यही बेला दाङको क्षेत्र नं. ३ (तुलसीपुर पश्चिम) बाट निर्वाचन जितेका थिए । बिष्णु २०५६ सालमा पाल्पा झरेर निर्वाचन लडेका थिए । तर, पराजित भएका थिए । त्यसपछिका चार वटा निर्वाचन भने बिष्णुले रुपन्देहीबाटै जितेका थिए ।
तर, यसपाली पाँचौं जित निकाल्ने उनको प्रयास सफल हुन सकेन । २०५१ सालदेखि संसदीय निर्वाचन लड्दै आएका बिष्णुले २०५६ र २०८२ गरि दुई पटक हार बेहोरे ।
अहिलेको निर्वाचन रुपन्देहीबाट लड्नु पूर्व बिष्णुको नाम पाल्पा – २ बाट लड्ने गरि नाम सार्वजनिक भएको थियो । नेता कार्यकर्ताको आग्रह पछि उनी पछि रुपन्देही – २ बाट चुनाव लडेका थिए ।
रुपन्देही – २ बाट रास्वपाका उम्मेदवार सुलभ खरेलले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई भारी मतान्तरले पराजित गरे । यहाँ खरेलले ५६ हजार ५ सय ५० मत प्राप्त गर्दा एमाले उपाध्यक्ष पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरे । यी दुई बीचको मतान्तर ४३ हजार ६ सय ८९ रहेको छ ।
दाङ – २ बाट चुनाब लडेका एमाले महासचिव शंकरले भने २०५१ सालको निर्वाचन बाहेक अन्य संघीय सांसदको निर्वाचनमा हार बेहोरे । उनी २०५६ मा पराजित भए । २०६४ मा समानुपातिक सांसद बने । २०७० मा फेरि पराजित भए ।
२०७४ मा बाम गठबन्धन छँदा २ (ख) बाट निर्वाचित भएर लुम्बिनीको मुख्यमन्त्री बने । अस्थायी राजधानी बुटवल बाट दाङको देउखुरीमा राजधानी ल्याए । २०७९ मा माओबादीकी रेखा शर्मा खड्का संग पराजित भए । २०८२ फागुन २१ को निर्वाचनमा फेरि पराजय बेहोरे । दाङ – २ मा एमाले महासचिव पोखरेल रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य संग पराजित भए ।
राश्वपाका सहमहामन्त्री आचार्यले ४३ हजार ५ सय ५९ मत प्राप्त गर्दा एमाले भित्र प्रभावशाली महासचिव पोखरेलले १५ हजार २ सय ८७ मत प्राप्त गरे । लुम्बिनीका पहिलो मुख्यमन्त्री पोखरेल भन्दा राश्वपाका सहमहामन्त्री आचार्यले २८ हजार २ सय ७२ मत बढी प्राप्त गरेका थिए ।
महासचिव पोखरेललाई एमाले नेता कार्यकर्ताले निर्वाचित भए देशकै बाघडोर सम्हाल्ने ठाउँमा पुग्ने बताउँदै आएका थिए । अध्यक्ष केपी शर्मा ओली पछि पार्टी र देशकै नेतृत्व गर्ने नेताका रुपमा हेरिएको थियो । तर, उनै शंकरले पटक/ पटक हार बेहोर्नु परेपछि एमाले कार्यकर्ताहरु दाङको लागि ‘दुभाग्र्य’ भएको बताइ रहेका छन् । कतिपय नेता कार्यकर्ता भने शंकरलाई ‘अभागी’ नेताको संज्ञा दिन्छन् ।
शंकरले निर्वाचनका दौडान यसपटक पनि पराजय बेहोरे फेरि अर्कौ पटक चुनाब नलड्ने बताउँदै आएका थिए । कतिपय एमालेका नेताको अडकल बाजीमा अब फेरि फर्किएर दाङमा चुनाब लड्न आउलान भन्ने विश्वास गर्दैनन् । ‘ अब उहाँ यहाँ किन आउने । अब उहाँ सायदै दाङ फर्किएर आउनु हुन्छ,’ एक नेताले भने ‘ दंगाली जनता भेडा रहेछन् ।’
गुल्मी– २ मा एमालेका अर्का उपाध्यक्ष तथा पूर्व मन्त्री गोकर्ण विष्ट रास्वपाका गोविन्द पन्थी संग पराजित भए । उनको पराजय तुलनात्मक मतान्तर निकै कम रह्यो । पन्थी १६ हजार ९ सय ६७ मत प्राप्त गरि बिजयी हुँदा एमाले उपाध्यक्ष विष्टले १६ हजार ४ सय ६ मत प्राप्त गरे। उनीहरुका बीचमा जम्मा ५ सय ६१ को मात्रै मताअन्तर छ ।
त्यस्तै गुल्मी – १ बाट एमाले भित्र प्रधावशाली मानिने अर्का नेता केन्द्रीय सदस्य प्रदीप ज्ञवाली पराजित भए । रास्वपाका सागर ढकालले २९ हजार ६ सय ४२ मत प्राप्त गर्दा ज्ञवालीले १५ हजार १ सय ८१ मत प्राप्त गरेका थिए ।
उनीहरुका बीचमा १४ हजार ४ सय ८१ मतान्तर थियो ।
लुम्बिनीमा पार्टीको तर्फबाट मुलुकमै पहिलो खाता खोल्ने र प्रदेशमै पार्टीको शाख जोगाउने एक्ला ब्यक्ति बाँके – २ बाट निर्वाचित मोहमद इस्तियाक राई हुन । बिगतमा मधेसबादी दलबाट निर्वाचित राई तीन पटक मन्त्री भइ सकेका ब्यक्ति हुन ।
यो निर्वाचनमा पनि राईले अन्तिममा एक हातमा एमालेको पार्टी सदस्यता र अर्कौ हातमा टिकेट लिएर मैदानमा उत्रिएका थिए । उनैले लुम्बिनीमा एमालेको शाख जोगाइ दिए । एमाले प्रबेश गर्नु अघि राइ जनता समाजवादी पार्टी नेपालमा थिए ।
राइर्लले रास्वपाका विवेककुमार श्रेष्ठलाई ५ हजार ९ सय ४६ मतान्तरले पराजित गरेका हुन । एमाले नेता तथा पूर्व मन्त्री राइले २४ हजार ६ सय २८ मत प्राप्त गरेका थिए भने पराजित हुने रास्वपाका श्रेष्ठले १८ हजार ६ सय ८२ मत प्राप्त गरे ।
यसपटक एमाले बाट निर्वाचित राई यसअघि बाँके – २ बाटै २०६४ र २०७४ मा विजयी भएका थिए। २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधिसभामा भने उनी पराजित भएका थिए ।
लुम्बिनीका १२ जिल्लामा २६ सिटका लागि भएको प्रतिष्पर्धामा नेपाली काँग्रेसले दुई सिट मात्रै जित्यो । पाल्पा –१ मा काँग्रेसका सन्दीप राना र कपिलबस्तु– ३ मा काँग्रेसका अभिषेक प्रताप शाह बिजय भए ।
लुम्बिनीमा पुरानादलहरुले ठूलो क्षति बेहोर्दा नेपाली कम्युनिष्ट पार्टीको शिर्ष नेतृत्व संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रुकुम पूर्वबाट र पूर्व अर्थमन्त्री बर्षमान पुन रोल्पाबाट निर्वाचित भएर शाख जोगाए ।
प्रचण्ड मुलुकै सबै भन्दा सुरक्षित ठाउँ खोज्दै अन्तिममा माओबादी युद्धको आधार इलाका रुकुम पूर्वमा चुनाब लड्न आएका थिए । पहिलो संविधानसभा निर्वाचन उनले रोल्पाबाट पनि जितेका थिए । बर्षमान भने रोल्पा बाट अपराजित यात्रामा छन् । यी बाहेकका अन्य जम्मै सिटहरु राश्वपाले जितेको छ ।
