२०८३ बैशाख २ गते बुधवार

दाङ – ३ मा राप्रपाका दामोदर भण्डारीसहित १९ जनाको जमानत जफत

तुलसीपुर, फागुन २६ । दाङको क्षेत्र नं. ३ मा १९ जना उम्मेदवारको जमानत जफत भएको छ ।

यहाँ ८८ हजार ६ सय १७ मत गणना भएको थियो । ३ हजार ७ सय ७६ मत बदर भएको थियो । कुल सदर मत ८४ हजार आठ सय ४१ थियो ।

त्यसको १० प्रतिशत ८ हजार ४ सय ८५ मत हुन्छ । उल्लेखित मत प्राप्त गर्ने उम्मेदवारले मात्रै आफ्नो जमानत जोगाउन सके । यो भन्दा कम मत प्राप्त गरेका सबै उम्मेदवारको जमानत जफत भएको हो ।


दाङको क्षेत्र नं. ३ बाट निर्वाचित कमल सुबेदीले ४४,२४८ मत प्राप्त गरेका थिए । दोस्रो हुने नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले १६ हजार ४ सय ५३ मत , तेस्रो स्थानका नेकपा एमालेका घनश्याम पाण्डेयले १२ हजार १ सय ९५ मत र चौथो भएका नेकपाका धनबहादुर मास्कीले ९ हजार ३ सय २८ मत प्राप्त गरे । उनीहरुले आफ्नो जमानत जोगाए ।


तर, यी बाहेक अन्य १९ जना अन्य उम्मेदवारको धरौटी जफत भयो । त्यो धरौटी उनीहरुले माघ ६ गते आफ्नो उम्मेदवारी दर्ताका क्रममा बुझाएका थिए ।

उम्मेदवारी दर्ता गर्दा दलित र महिलालाई ५० प्रतिसत छुट अर्थात ५ हजार धरौटी बुझाउनु पर्ने प्राबधान थियो भने अन्य उम्मेदवारले १० हजार धरौटी बुझाएर मनोनयन दर्ता गरेका थिए ।


दाङ क्षेत्र नं. ३ बाट धरौटी जफत हुने उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दामोदर भण्डारी पनि परे । उनले १,०५७ मत प्राप्त गरेका थिए ।

त्यसपछि क्रमश नेकपा (माओवादी) का बलबहादुर वली ४२५ मत, श्रम संस्कृति पार्टीका टोपबहादुर महतरा २२७ं मत , नेसनल रिपब्लिक नेपालका प्रितम चौधरी १८१ मत , राष्ट्रिय जनमोर्चाकी कमला जिसी १८० मत , स्वतन्त्र उम्मेदवार यमबहादुर बस्नेत १५५ मत र १४४ मत प्राप्त गरेका मंगोल नेसलन अर्गनाइजेसनका घनश्याम चौधरीले पनि जमानत गुमाए ।


त्यस्तै १०० भन्दा कम मत ल्याउने संयुक्त नागरिक पार्टीका दलवीर कामी ९४, नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी ५५ को जमानत पनि जफत भयो ।


५० भन्दा कम मत ल्याएका जनता समाजवादी पार्टीकी शोभा डाँगी २४, स्वतन्त्र उम्मेदवार सप्रिक कँवर १४, स्वतन्त्र उम्मेदवार भागिराम चौधरी ११, मितेरी पार्टी नेपालका सन्तोष सिंह १०, स्वतन्त्र उम्मेदवार इन्द्रबहादुर बस्नेत १० जफत भयो ।


त्यस्तै १० भन्दा कम मत प्राप्त गर्नेमा आम जनता पार्टीकी पाण्डवी नेपाली ८, स्वतन्त्र उम्मेदवार महेश डाँगी ८, स्वतन्त्र उम्मेदवार प्रेमबहादुर वली ७, स्वतन्त्र उम्मेदवार भरत परियार ६ थिए । यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार सुरेश नेपालीले १ मत मात्रै प्राप्त गरे ।

दाङमा फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फ उम्मेदवार बनेका ६० जनामध्ये ५१ जनाको जमानत जफत भएको हो ।

३० जना उम्मेदवारले १०० मतपनि कटाउन नसकेको निर्वाचन कार्यालयले सार्वजनिक गरेको बिवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *