दाङ, पुस २६ । सल्यानमा घर नजिकै जंगलामा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
जिल्लाको कालिमाटी गाउँपालिका – ७ पर्सेनीकी ४२ बर्षीया धनसरी रावत घर नजिकैको जंगलमा घाँस काट्न गएको समयमा बाघको आक्रमण बाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयले दिउँसो सवा ३ बजेतिर घाँस काट्न गएकी रावत बाघले आक्रमण गरि लगेको खबर फोन मार्फत प्रहरी चौकी घुँइयाबारी खबर गरेका थिए ।
त्यो सूचनाको आधारमा साढे ३ बजेतिर प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको नेतृत्वमा प्रहरी टोली स्थानीयसहित खोजीमा गएको थियो ।
खोजीमा निस्किको टोलीले बेलुकी ५ बजेतिर घरदेखि पाँच सय मिटर दक्षिणमा पर्ने हरियाली सामुदायिक वनमा शरिरको बाँया खुट्टा र मलद्वार पुरै खाएको अबस्थामा रावतको शब फेला पारेको थियो ।
परिवारका अनुसार रावत बिहान ८ बजेतिर घरबाट हरियाली सामुदिक बनमा घाँस दाउँरा काट्न भनेर गएकी थिइन ।
शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल तर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।