
दाङ, पुस ७ । दाङको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक स्तरउन्नतिको लागि जिम्मा शर्मा–कुमार जेभीले पाएको छ ।
यो ठेक्का ग्लोबल टेन्डरमार्फत छनोट भएको हो ।
धानखोला–लमही सडक परियोजनाको ठेक्कामा सोमबार काठमाडौंमा हस्ताक्षर भएको हो । संझौता अनुसार भ्याटबाहेक दुई करोड अमेरिकी डलरको लगानीमा अबको दुई बर्ष भित्रमा निर्माण कम्पनीले सडक निर्माण गरि सक्नु पर्ने छ ।
शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त लगानीको शर्मा–कुमार जेभी एमसिसी अन्तर्गत कार्यान्वयन भइरहेका परियोजनामध्ये ठेक्का पाउने पहिलो पूर्ण नेपाली संयुक्त उपक्रम हो ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको धानखोलादेखि लमहीसम्मको सडक निर्माण गर्नका लागि सन २०२४ को अक्टोबरमा बोलपत्र आह्वान गरिएको थियो ।
त्यसका लागि नेपालका साथै भारत र युक्रेनको समित गरि ११ निर्माण कम्पनीलेहरुले पनि काम पाउनका लागि प्रसताब पेश गरेका थिए । ११ मध्य चार कम्पनी पूर्ण नेपाली स्वामित्वका थिए।
ती सबैलाई पंछाउँदै शर्मा–कुमार जेभी एमसिसी अन्तर्गत कार्यान्वयन भइरहेका परियोजनामध्ये ठेक्का पाउने पहिलो पूर्ण नेपाली संयुक्त उपक्रम बन्न सफल भएका हुन ।
प्राविधिक र वित्तीय मूल्यांकनपछि शर्मा–कुमार जेभीलाई परियोजनाका लागि छनोट गरिएको हो ।
यो भन्दा पहिले एमसिसी परियोजना अन्तरगत प्रसारण लाइन परियोजनामा नेपाली कम्पनीहरू विदेशी साझेदारसंगको जेभीमा छनोट भएपनि पूर्ण रूपमा नेपाली कम्पनीले मात्रै ठेक्का पाएको यो पहिलो पटक हो ।
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को अनुदानमा निर्माण हुने धानखोला– लमही ४० किलोमिटर लामो सडक संझौता अनुसार अबको दुई बर्ष भित्र निर्माण गरि सक्नु पर्ने छ ।
धानखोला– लमही सडक नेपालमा पहिलो पटक पाइलट प्रोजेक्टका रूपमा फुल डेप्थ रिक्लेमेसन एन्ड सुपरपेव अस्फाल्ट प्रविधिमा निर्माण गर्ने संझौतामा उल्लेख रहेको छ ।
एमसिसीमार्फत नेपालमा ऊर्जा तथा सडक पूर्वाधार निर्माणका लागि ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलर योगदान रहेको छ।
सोही रकम बाट सडक सुधार, प्रसारण लाइन र सबस्टेसन सम्बन्धी परियोजना कार्यान्वयनको चरणमा अग्रसर भइ सकेका छन् । जस मध्य प्रसारण लाइन र सबस्टेसनका ठेक्का यसअघि नै लागि सकेका छन् ।
चार लेनको बनाउनु पर्ने मागसहित बिरोध
दाङको धानखोलादेखि लमहीसम्म सडक खण्ड चार लेनमा बिकास गर्नुपर्ने मागसहित केही स्थानीय बिरोधमा उत्रिएका छन् ।
चार लेन सडक निर्माण संघर्ष समितिले एमसिसी अन्तर्गत एमसिए नेपालले अघि बढाएको धानखोला–लमही दुई लेन सडक परियोजना तत्काल खारेज गरी चार लेन एसियन हाइवे निर्माण प्रक्रिया अघि बढाउनु पर्ने उनीहरुको माग रहेको छ । उनीहरुले देउखुरी क्षेत्रमा पुस ७ गतेदेखि सरकारी सवारी साधन चल्न नदिने चेतावनीपनि दिएका छन् ।
संघर्ष समितिका संयोजक प्रकाश शाहीले शनिबार नै विज्ञप्ती मार्फत त्यस्तो चेतावनी दिएका थिए ।
बिज्ञप्तीमा लुम्बिनी प्रदेशको राजधानी क्षेत्रसमेत रहेको देउखुरीमा दुई लेन सडक दीर्घकालीन रूपमा अव्यवहारिक, असुरक्षित तथा विकासविरोधी हुने उल्लेख गर्दै सडक खण्ड चारलेनमा बिकास गर्नु पर्ने माग गरिएको छ ।

