दाङ, मंसिर ७ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) , जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपा त्यागेका सन्तोष परियारका बीच आइतबार पार्टी एकता हुने भएको छ।
नेकपा (एकीकृत समाजबादी) लगाएत अन्य संग पार्टी एकता गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै तत्कालिन उपमहासचिव जर्नादनले नेकपा (माओबादी केन्द्र) बाट अलगिने निर्णय तत्कालिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सुनाएका थिए ।
बाबुराम भने बिगतमै प्रचण्ड संग पार्टी बिभाजन गरि छुट्टिएका थिए ।
काठमाडौँस्थित राष्ट्रिय सभागृहमा दिउँसो तीन समुहका बीचमा पार्टी एकता हुने जानकारी दिइएको छ ।
कात्तिक २८ गते तीन जनाका बीचमा एकता सहमतिमा हस्ताक्षर भएको थियो । उनीहरुले अन्य विभिन्न समूहसँग पनि पार्टी एकताका लागि छलफल गर्दै आएका छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते आइतवार