२०८३ भाद्र ८ गते सोमवार

एकता नै प्रदेश विकास र समृद्धिको आधार स्तम्भ – कर्णालीका मुख्यमन्त्री कडेल

दाङ, मंसिर ६ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजनीतिक तथा सामाजिक एकता नै प्रदेश विकास र समृद्धिको आधार स्तम्भ भएको बताएका छन ।


शनिबार नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीको आठौँ जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले नेता समेत रहेका उनले इच्छा शक्तिको कमी नभइ एकतामा देखिएको कमजोरीका कारण कर्णाली पछाडि परेको बताए ।

पार्टी भित्र र बाहिर देखिने विभाजनात्मक सोचका कारण विकास प्रक्रिया अगाडि बढ्न नसकेको भन्दै उनले अब प्रदेश विकासलाई गति दिन सबै पक्ष एकै उद्देश्यका साथ एकै ठाउँमा उभिनुपर्ने बताए ।

‘कर्णालीलाई अगाडि बढाउने तागत एउटै हो र त्यो एकता हो,’ उनले भने ‘हामी अलग–अलग भएर होइन, एउटै आवाज र साझा दृष्टिकोणका साथ अघि बढेमा मात्र कर्णालीले छलाङ मार्न सक्छ ।’

त्यस्तै उनले एमालेले पछिल्ला चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यका साथ जनताको घर–घरमा पुगेको बताए ।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *