२०८३ भाद्र ९ गते मङ्गलवार

ट्रयाक्टरको ट्रलीले च्यापेर चालकको घटनास्थलमै मृत्यु

दाङ, मंसिर ४ । सल्यानमा ट्रयाक्टरको ट्रलीले च्यापेर एकजना चालकको घटनास्थलमै मृत्यु भएको छ ।

छत्रेश्वरी गाउँपालिका – ६ का २५ बर्षीय चालक देबेन्द्र सिंहको बुधबार राति साढे ८ बजेतिर भएको ट्रयाक्टर दुर्घटनामा परि ट्रलीले च्यापेर घटना स्थलमै मृत्यु भएको थियो ।

लेखपोखरा बाट लान्टी तर्फ जांदै गरेको रा १ त २४३८ नम्बरको खाली ट्रयाक्टर अनियन्त्रित भइ छत्रेश्वरी – ५ कोलचौरस्थित भित्री कच्ची सडक खण्ड दुर्घटनामा परेको थियो ।


जिल्ला प्रहरी कार्यालय सल्यानको सूचना शाखाका अनुसार ट्रयाक्टर १५ मिटर जति तल खसेको थियो ।
मतकको शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल खलंगामा पठाइएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *