२०८२ मङ्सिर २० गते शनिवार

कबिता :- न्याय हराएको देश

दिपेश खड्का ।

कहाँ छ न्याय यो देशमा कसैले पायको देखिन
न्याय पाउने बाटो नि कहाँ छ खै मैले त भेटिन
जिल्ला उच्च र सर्वौच्च अदालत छ भन्ने पढेको
खै के काम रैछ ती निकायको थाहै भएन ।

न्याय पाउने आशमा आदि जीवन अदालत धाउदा गयो
कहाँ रैछन सही गलत छुट्याउने न्यायाधीश देखिन
कहाँ छ न्याय यो देशमा निर्दाैषले पायको देखिन
न्याय पाउने बाटो नि कहाँ छ खै मैले त भेटिन ।

अपराधी छुटाइ पीडितलाइ दण्ड दिने

यस्तो न्याय प्रणाली कतै देखिन
गरिबलाई शासन धनिलाई राज
यस्तो असामानता कतै भेटिएन
कहाँ छ न्याय यो देशमा कसैले पायको देखिन
न्याय पाउने बाटो नि कहाँ छ खै मैले त भेटिन ।

न्याय नपाए गोरखा जानु भन्ने भनाई
कता हरायो थाहै भएन
लोकतन्त्र ल्याय के–के हुन्छ भन्थे
खै खासै सुधार भएन
कहाँ छ न्याय यो देशमा कसैले पायको देखिन
न्याय पाउने बाटो नि कहाँ छ खै मैले त भेटिन ।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *