२०८३ भाद्र ९ गते मङ्गलवार

घोराहीबाट तोडफोड र आगजनीमा संलग्न थप ४ जना पक्राउ

दाङ , मंसिर १ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड, चोरी र आगजनीमा संलग्न थप चार जनालाई दाङ प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ ।

घोराहीस्थित जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड र आगजनी गरी क्षती पुर्‍याएको आरोप घोराही उपमहानगरपालिका – १८ का २४ बर्षीय संजित घर्ती मगर र पाल्पा जिल्लाको माथागढी गाउपालिका – ४ झडेवाका १८ बर्षीय बिशाल नेपालीलाई पक्राउ पछि प्रहरीले सार्वजनिक गरेको छ ।


आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धि कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतले उनीहरु दुबै जनालाई सात दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी प्रबक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

जिल्ला अदालत अदालत र इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड, लुटपाट र आगजनी गरेको आरोपमा केही दिन पहिले मात्रै प्रहरी थप दुई जनालाई पक्राउ गरेको थियो ।


पक्राउ पर्नेमा घोराही – १५ शहिद गेटका २८ बर्षीय विकास भुषाल र घोराही – १० नारायणपुरका १९ बर्षीय अनिल बिक छन् ।

भुषाल जिल्ला अदालतमा तोडफोड, आगजनी गरेको आरोपमा र बिक इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड, चोरी र आगजनी गरेको आरोपमा पक्राउ परेका हुन ।

आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धि कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतले उनीहरुलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।


भदौ २४ को जेनजी आन्दोलनका क्रममा बिभिन्न कार्यालयमा तोडफोड, चोरी र आगजनी गरेको आरोपमा प्रहरीले यसअघि थप २० जनालाई पक्राउ गरि सकेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *