दाङ, कात्तिक २६ । नेता भीम रावल बुधबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन ।
नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओली संगको संघर्षका कारण उनी उक्त पार्टी छोडेर ‘मातृभूमि जागरण अभियान नेपाल’को संयोजक बनेका थिए ।
उनै रावल यतिखेर पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै रावलले नेपाली कम्युनिष्ट पार्टी विगतका कमजोरी सुधारेर अघि बढ्न कटिबद्ध रहेको दाबी गरेका थिए ।
त्यसक्रममा उनले एमाले अध्यक्ष ओलीको चर्कौ आलोचना गरे । नेकपाको पहिलेको एकता नटिक्नुमा ओलीको सत्तालिप्सा मुख्य कारण भएको दोषारोपन गरे ।
‘केपी ओलीभन्दा गद्दार अरू कोही हुन्छ,’ उनले भने ‘ ‘नेकपालाई केपी ओली भन्ने झापा निवासीले धाराशायी पारिदिएका हुन ।’
प्रकाशित मिति : २०८२ कार्तिक २६ गते बुधवार